इन्द्रजात्रामा एशियाली मुलुकका राजधानी सहरका प्रमुखलाई निमन्त्रणा गरिने

डिसी नेपाल
९ साउन २०७९ ८:४७
132
Shares

काठमाडौं। यस वर्षको इन्द्रजात्रा अवलोकनका लागि अन्तर्राष्ट्रिय नगरका प्रमुखहरुलाई निमन्त्रणा गरिने भएको छ । साउन १ गतेको छैटौँ कार्यपालिका बैठकको निर्णय कार्यान्वयनका लागि महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा मूल समारोह समिति हुने भएको छ। त्यस समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु सदस्य रहनेछन्।

महानगरका प्रमुख शाहको अध्यक्षतामा बसेको तयारी बैठकमा कार्यान्वयन समिति गठन गरिएको छ। समितिमा प्रशासन, वित्त र सम्पदा विभाग, हनुमानढोका दरबार संरक्षण कार्यक्रम र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय रहेका छन्।

यस वर्ष भदौ २४ गते शुक्रबार इन्द्रजात्रा परेको छ। यो जात्रा हेर्न महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुकहरु (सार्क राष्ट्र) बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरबाट प्रमुखहरुलाई निमन्त्रणा गर्ने तयारी छ। प्रमुखहरुका साथमा ४ जना अधिकारीहरुलाई निम्ता दिइनेछ।

महानगरले देशभित्रका ५ वटा र अन्तराष्ट्रिय स्तरका १८ वटा नगरसँग भगिनी सम्बन्ध छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *