कुवेतमा राजनीतिक अस्थिरताका बीच नयाँ प्रधानमन्त्री नियुक्त

डिसी नेपाल
९ साउन २०७९ १५:२६
52
Shares

काठमाडौं । कुवेतको नयाँ प्रधानमन्त्रीमा शेख अहमद अल नवाफ अल अहमद अल सबाह नियुक्त भएका छन् । कुवेतका अमिरले जारी गरेको आदेशमा अब नयाँ प्रधानमन्त्रीले देशको नयाँ मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ । नयाँ प्रधानमन्त्री कुवेतका अमिरका छोरा हुन् ।

यसअघि शेख अहमद कुवेतका पहिलो उपप्रधानमन्त्री र आन्तरिक मामिलामन्त्री थिए। कुवेतको समाचार एजेन्सी कुनाले यो जानकारी दिएको हो । कुवेतमा विगत केही महिनादेखि चलिरहेको राजनीतिक उथलपुथलका बीच यो निर्णय निकै महत्वपूर्ण मानिएको छ । गत अप्रिलमा नीतिगत निर्णय लिन समस्या भएपछि अघिल्लो मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा दिएका थिए ।

दुई महिनापछि कुवेतका अमिरले देशको संसद विघटन गर्ने घोषणा गरेका थिए । यसअघिको सरकार भ्रष्टाचारका धेरै आरोपमा घेरिएको र प्रतिपक्षले संसदमा निकै हंगामा मच्चायो । किनभने धेरै शीर्ष अधिकारीहरू भ्रष्टाचारमा संलग्न रहेको आरोप थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *