एसईई परीक्षाकाे नतिजा बुधबार सार्वजनिक गरिने
भक्तपुर। गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक हुने भएको छ। परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका एसईई परीक्षाकाे नतिजा बुधबार सार्वजनिक हुने भएकाे हाे।
परीक्षामा सहभागी हुन करिब पाँच लाख १५ हजारले आवेदन दिएकोमा चार लाख ९५ हजार परीक्षामा सहभागी भएका थिए। परीक्षा सकिएको लगत्तै पनिकाका कर्मचारी स्थानीय तह निर्वाचनमा खटिएकाले गत जेठ ३ गतेबाट उत्तरपुस्तिका परीक्षणसम्बन्धी काम अगाडि बढेको थियो। परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम छ।
साउन २० गते परीक्षा सकिएको तीन महिना पुग्दैछ। परीक्षा नियन्त्रण कार्यलयका अनुसार नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment