श्रीलंकामा राष्ट्रपति निवासबाट चोरिएका सुनको जलप लगाइएका ४० सकेट बेच्ने पक्राउ

डिसी नेपाल
१० साउन २०७९ ९:११
188
Shares

कोलम्बो। श्रीलंकाको राजधानी कोलम्बोमा गम्भीर आर्थिक संकटलाई लिएर अभूतपूर्व सरकार विरोधी प्रदर्शनका क्रममा दरबारभित्र पसेका प्रदर्शनकारीले राष्ट्रपति भवनबाट चोरी गरेका सुनको जलप लगाएका पितलका ४० ओटा सकेट बेच्न खोज्ने तीन जनालाई श्रीलंकाको प्रहरीले पक्राउ गरेको छ।

जुलाई ९ मा सरकार विरोधी प्रदर्शनकारीहरूले पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेको आधिकारिक निवास र पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेका निजी घर कब्जा गरेका थिए । प्रदर्शनकारीले विक्रमासिंघेको निजी घरमा आगजानी गरेका थिए।

विरोधका क्रममा ९ जुलाईमा फोर्टस्थित राष्ट्रपति भवनमा प्रवेश गर्ने तीन जनालाई झ्यालको पर्दा झुन्ड्याउन भित्ताहरूमा टाँसिएका ४० वटा सुनको जलप लगाइएका पित्तलका सकेटसहित पक्राउ गरिएको अनलाइन पत्रिका डेली मिररले जनाएको छ। वेलिकाडा प्रहरीले चोरीका सामान बेच्न खोज्दा आइतबार पक्राउ गरेकोे जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *