रुससँग जारी तनावका कारण युरोपेली संघका देशहरूले ग्यासको खपत १५ प्रतिशतले घटाउने

डिसी नेपाल
११ साउन २०७९ ११:१५
32
Shares

काठमाडौं । युरोपेली संघका ऊर्जा मन्त्रीहरूले रूसले यसको आपूर्ति बन्द गरेपछि उत्पन्न हुन सक्ने अवस्थालाई सामना गर्न भविष्यमा प्राकृतिक ग्यासको खपत १५ प्रतिशतले कटौती गर्न सहमत भएका छन्।

मंगलबार यस विषयमा युरोपियन युनियनका देशहरूबीच भएको वार्तापछि यसका सदस्यहरूबीच अगस्टदेखि मार्चसम्म सबै देशले ग्यासको प्रयोग १५ प्रतिशतले घटाउने सहमति भएको थियो ।

अहिले युरोपियन युनियनको अध्यक्षता गरिरहेको चेक गणतन्त्रले यसबारे ट्वीट गर्दै भनेको छ, ‘यो असम्भव मिसन थिएन ।’ तर, यो योजनाको मस्यौदा हेरेपछि बीबीसीले यस सम्बन्धमा भएको सम्झौता पहिलेको तुलनामा कम कडा भएको थाहा पाएको हो ।

युरोपेली संघले भनेको छ, ‘हाम्रा सदस्य राष्ट्रहरू आज ईयूलाई ऊर्जा आपूर्तिको हिसाबले सुरक्षित बनाउन राजनीतिक सहमतिमा पुगेका छन् । यसअन्तर्गत आगामी हिउँदमा प्राकृतिक ग्यासको माग १५ प्रतिशतले घटाउने सहमति भएको छ ।’

युरोपेली युनियनका अनुसार ग्यासको माग घटाउने उद्देश्यले रुसबाट ग्यास आपूर्तिमा अवरोध आएमा त्यसका लागि सदस्य राष्ट्रहरू तयार हुन सक्छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *