जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

डिसी नेपाल
११ साउन २०७९ १३:२६
196
Shares

काठमाडौँ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर घर भएका ४४ वर्षीय देव कुमार मोक्तानसहित ६ जना छन्।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले मोक्तानको घेन्टुक चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा ६६ हजार रूपैयाँ नगद र १ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो।

यसैगरी काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने पासा श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–२ घर भई हाल भक्तपुर कौशलटार बस्ने २८ वर्षीय बुद्धि बहादुर बुढाथोकीसहित ९ जना छन्। उनीहरुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ र १९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.