सुन जडित विमान, ७००० कारहरू, यी हुन् २३ लाख रूपैयाँमा कपाल कटाउने सुल्तान

डिसी नेपाल
११ साउन २०७९ १५:३४
14.6k
Shares

काठमाडौं । हसनल बोल्किया इब्नी उमर अली सैफुद्दीन तृतीय । यो नाम पढ्न अलि लामो लाग्न सक्छ, तर यी व्यक्ति आफ्नो विलासिता र भव्य जीवनका लागि परिचित छन् ।

उनीसँग सात हजार लक्जरी कार र निजी विमानहरू छन् जसमा सुन जडिएको छ भन्ने कुराबाट पनि यो व्यक्तिको समृद्धिको अनुमान लगाउन सकिन्छ । हालैको रिपोर्ट अनुसार उनको सम्पत्ति करिब ३० अर्ब पाउण्ड छ ।

हसनल बोल्कियाह इब्न ओमर अली सैफुद्दीन तृतीय ब्रुनाईका सुल्तान हुन्, जो १९६७ देखि सत्तामा छन्। उनी ओमर अली सैफुद्दीनपछि देशको २९औँ राजा बनेका छन् । अहिले उनी ७५ वर्षको भइसकेका छन् । उनी ब्रुनाईका प्रधानमन्त्री, विदेशमन्त्री र रक्षामन्त्री पनि हुन्।

डेली स्टारका अनुसार उनीसँग सुनले जडित निजी जेट विमान छ। जसको मूल्य ३५० मिलियन पाउण्डभन्दा बढी छ । यो विमान भित्र सुनको वासिङ बेसिन छ। विमानभित्रै १०० मिलियन पाउण्डभन्दा बढीको सामान राखिएको छ ।

योसँगै धेरै मिडिया रिपोर्टमा ब्रुनाईका सुल्तानसँग ७ हजार लक्जरी कार रहेको दाबी पनि गरिएको छ । उनका कारहरूको संग्रहमा ३६५ फेरारि, २७५ ल्याम्बोर्गिनी, २५८ एस्टन मार्टिन, १७२ बुगाटिस, २३० पोर्श, ३५० बेन्टली, ६०० रोल्स रोयस, ४४० मर्सिडीज बेन्ज, २६५ अडिस, २३७ बीएमडब्लु, २२५ जगुआर, १८३ ल्यान्ड रोभर छन्।

ब्रुनाईका सुल्तानको पैसा खर्च गर्ने शक्तिको अनुमान यस तथ्यबाट गर्न सकिन्छ कि एक पटक उनले कपाल काट्न २३ लाख रुपैयाँभन्दा बढी खर्च गरेका थिए। सुल्तानको बारेमा दाबी गरिएको छ कि उनको दरबार ‘इस्ताना नुरुल इमान प्यालेस’ विश्वको सबैभन्दा ठूलो हो । यसको नाम गिनिज बुकमा पनि लेखिएको छ ।

यो दरबार करिब २० लाख वर्ग फिटमा फैलिएको छ । यसमा १७०० कोठा, ५ ठूला पौंडी पोखरी र २५७ बाथरूम छन्। दरबारभित्रै ११० ग्यारेज पनि छ। यो दरबार हेर्न कोही पनि आम मानिस आउन सक्दैनन् । तर इद–उल–फित्र पर्व लाग्दा १ लाख १० हजारभन्दा बढी मानिस दरबार पुग्छन् ।

ब्रुनाईक सुल्तानको निजी चिडियाखाना पनि छ। जहाँ ३० वटा बेङ्गाल टाइगर रहेका छन् । यस बाहेक अन्य धेरै किसिमका जनावर तथा पंक्षीहरु पाइन्छ । ब्रुनाईका सुल्तानले तीन पटक विवाह गरेका छन्। उनले पहिलो विवाह सन् १९६५ मा राजासँग गरेका थिए । १९८२ मा हारजाह र २००५ मा अरिनाज संग विवाह। उनले २००३ र २०१० मा हारजाह र अरिनाजसँग सम्बन्ध विच्छेद गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *