ममता बनर्जीको सरकार ढल्न सक्ने, टिएमसीका ३८ सांसद बीजेपीको सम्पर्कमा भएको मिथुन चक्रवर्तीको दावी

डिसी नेपाल
११ साउन २०७९ १६:५०
3.7k
Shares

काठमाडौं । अभिनेता तथा भाजपा नेता मिथुन चक्रवर्तीको पछिल्लो बयानले पश्चिम बंगालको राजनीतिमा नयाँ हलचल मच्चाएको छ । मिथुन चक्रवर्तीले ममता बनर्जीको टीएमसी पार्टीका ३८ जना विधायक भारतीय जनता पार्टी (बीजेपी) को सम्पर्कमा रहेको दाबी गरेका छन् । साथै, यीमध्ये २१ जना विधायक यस्ता छन् जो स्वयं उनी अर्थात मिथुनसँग प्रत्यक्ष सम्पर्कमा छन् ।

मिथुन चक्रवर्ती गत वर्ष मात्रै भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए । अहिले पत्रकार सम्मेलनमा उनले धेरै प्रश्नको जवाफ दिएका छन् । भाजपाको मुस्लिम विरोधी छविको बारेमा प्रश्न गर्दा, मिथुनले भने कि सधैं भाजपाले दंगा गराउँछ भन्ने आरोप लगाइएको छ। तर म स्पष्टसँग भन्छु कि यो षड्यन्त्रको अंश मात्र हो।

मिथुनले थप भने कि भाजपालाई मुस्लिमहरू विरुद्ध भनिएको छ। तर किन यस्तो हुन्छ ? उनले भारतका तीन ठूला स्टार सलमान, शाहरुख र आमिर मुस्लिम रहेको बताए । यो कसरी सम्भव भयो ? १८ राज्यमा भाजपाको सरकार छ । यदि बीजेपीले उनीहरूलाई घृणा गर्छ र हिन्दूहरूले उनीहरूलाई माया गर्दैनन् भने, यी तीन स्टारका फिल्महरूले यी राज्यहरू भन्दा ठूलो सङ्कलन कसरी गर्छन्? हिन्दू, मुस्लिम, सिख सबैले मलाई माया गर्ने भएकाले म जहाँ छु, त्यहाँ पुग्न सकेको मिथुनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *