कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको वुहानमा फेरि लकडाउन

डिसी नेपाल
१२ साउन २०७९ ९:५६
120
Shares

बेइजिङ। कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ। वुहान उपनगरको जनसंख्या १० लाख छ ।जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नाे घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ।

चीनले ‘शून्य कोभिड’ रणनीति अनुसरण गर्दै आएको छ। जसमा सामूहिक परीक्षण, आइसोलेसन नियमको कडा पालना र स्थानीय तहमा लकडाउन समावेश छन्। कोभिडविरुद्ध कडाइका कारण चीनमा अन्य देशहरूको तुलनामा कम मानिसहरूको मृत्यु हुने गरेको छ।

तर, लगातारको प्रतिबन्धका कारण मानिस मर्कामा परेका छन्। तसर्थ,धेरैले यसको विरोध गरेका छन्। १ करोड २० लाख जनसंख्या भएको वुहानमा नियमित परीक्षणका क्रममा दुई दिनअघि दुई जनामा लक्षणविहीन कोभिड देखिएको थियो। त्यस्तै कन्ट्र्याक्ट ट्रेसिङबाट अन्य दुई जनामा संक्रमण भेटिएको पाइएको थियो। त्यस लगत्तै लकडाउन घोषणा गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.