ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न एक जना चिनियाँसहित चार जना पक्राउ

डिसी नेपाल
१२ साउन २०७९ ११:४१
56
Shares

काठमाडौँ। काठमाडौं महानगरपालिका–२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि समेत ४ जना रहेका छन्। उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग भएका ४ सय ७२ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट २६ थान ल्यापटप, १ हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राईभ र १ लाख ९० हजार रूपैयाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्ड पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *