नाम चलेको रेष्टुरेन्टको बर्गरभित्रबाट माउसुली निस्कियो !

डिसी नेपाल
१२ साउन २०७९ १२:१७
1.8k
Shares

काठमाडौं । एउटी महिला म्याकडोनाल्डको रेस्टुरेन्टमा बर्गर खाँदै थिइन् । त्यही क्रममा बर्गरबाट मरेको माउसुली निस्कियो । महिलासँगको यो घटना पेरिस नजिकैको एक रेस्टुरेन्टमा भएको हो । महिलाको परिचय भने खुलाइएको छैन । महिलाले भनिन्, ‘सबैभन्दा लाजमर्दो कुरा त यो घटनापछि रेस्टुरेन्टले १० प्रतिशत छुट दिएको थियो ।’

रेस्टुरेन्टको यस्तो व्यवहारले महिलालाई चोट लागेको थियो । अब यस मामिलामा बर्गर कम्पनीविरुद्ध मुद्दा दायर भएको छ, जसको अर्को वर्ष सुनुवाइ हुनेछ। फ्रान्सेली पत्रिका ‘ले पेरिसियन’ ले पीडित महिलासँग यसबारे कुरा गरेको थियो । महिलाको दाबी छ कि जब उनले बर्गरमा माउसुलीको बारेमा भनिन्, त्यहाँका कर्मचारीहरू अचम्ममा परेनन्।

त्यहाँ कुक वा सुपरभाइजर कोही पनि नआएको महिलाले बताइन् । महिलाकी साथीले माउसुलीलाई ससमा बेरिएको हुनाले यो बर्गर बनाउनेलाई पक्कै थाहा हुने बताएकी छिन् ।

पीडितले बर्गरको थोरै भाग मात्रै खाइन् । यो घटनापछि महिला बिरामी भइन् र उनलाई सुत्न पनि समस्या भयो । घटना भएको भोलिपल्ट महिला डाक्टरकहाँ गएर औषधि खानुपरेको थियो । उनले आफ्नो बच्चालाई स्तनपान गराउन छोडिन्। महिलाले सोचिन् कि यसले उनको बच्चामा साल्मोनेला संक्रमण हुन सक्छ।

रेस्टुरेन्टका प्रबन्धकले महिलासँग सम्पर्क गरे पनि म्याकडोनाल्डको व्यवस्थापनले उजुरीलाई गम्भीरतापूर्वक लिएको दाबी गरेको छ । व्यवस्थापनले भनेको छ कि उनीहरूले आन्तरिक रूपमा यस विषयमा छानबिन गरे तर “अप्रिय” केही भेटिएन।

साथै, महिलाको तर्फबाट म्याकडोनाल्ड्स विरुद्ध मुद्दा दायर गरिएको छ, जसमा म्याकडोनाल्डले ‘अरूको जीवनलाई खतरामा पारेको’ उल्लेख छ। यस मुद्दाको सुनुवाइ अर्को वर्षका लागि तोकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *