चितवनमा बाघको आक्रमणमा एक जनाको मृत्यु
चितवन। चितवनको भरतपुर महानगरपालिका–२८ जितपुरमा मर्निङवाकमा निस्किएका ६५ वर्षीय मंगले बोटेको बाघकोआक्रमणबाट मृत्यु भएको छ।
बिहान करिब ५ बजे भरतपुर महानगरपालिका–२८ जितपुरमा मर्निङवाकमा निस्किएका बोटे एक्कासी बेपत्ता भएकोमा खोजतालस गर्ने क्रममा शव फेला परेको हो।
बिहान करिब ८ बजे बाघ देखिएको भन्ने खबर प्राप्त भएपछि तत्कालै प्रहरी टोली घटनास्थलमा पुगि नेपाली सेना, राष्ट्रिय निकुञ्जको प्रशासन टोली तथा स्थानीय जनप्रतिनिधिसमेतको सहयोगमा हात्ती प्रयोग गरी खोजी गर्ने क्रममा दिउसो ४: २० बजे घटनास्थलबाट करिब ४/५ किलोमिटर पूर्व राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। उक्त शव मंगले बोटेको भएको उनका छोराले सनाखत गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment