अशोकले घरमै हवाइजहाज बनाए अनि त्यसैमा चढेर थुप्रै देश घुम्न थाले
काठमाडौं । आफ्नी श्रीमतीसँग बिदा मनाउन एक व्यक्तिले भाडामा २ सिटको हवाइजहाज लिनुपर्थ्यो । जब उनीहरूका दुई छोराछोरी जन्मिए र तिनीहरूको परिवार बढ्यो, ती व्यक्तिलाई छुट्टीमा जान गाह्रो हुन थाल्यो। किनभने ४-सीटर हवाइजहाजहरू या त सजिलै उपलब्ध थिएनन् वा धेरै पुरानो उपलब्ध थिए। यी सबैबाट हैरान भएर ती व्यक्तिले घरमै नयाँ विमान बनाए । अहिले उनी परिवार र साथीभाइसँग धेरै देश घुमेर फर्किएका छन् ।
उक्त व्यक्तिको नाम अशोक अलिसेरिल थामरक्षण हो । उनी केरलाको अलाप्पुझा निवासी हुन्। अशोक पूर्व विधायक एभी थामरक्षणका छोरा हुन्। ३८ वर्षीय अशोकले पलक्कड इन्जिनियरिङ कलेजबाट बीटेक गरे । यसपछि सन् २००६ मा स्नातकोत्तरको लागि लण्डन गएर त्यहाँ बस्न थालेका थिए । अशोक मेकानिकल इन्जिनियर हुन् । हाल उनी फोर्ड मोटर कम्पनीमा कार्यरत छन् ।
द सनको रिपोर्ट अनुसार अशोकलाई यो विमान बनाउन करिब १ करोड ३५ लाख रुपैयाँ लागेको थियो । करिब १८ महिनाको मिहिनेतपछि उनले घरमै विमान बनाए । अशोकले यो विमानको नाम आफ्नी छोरीको नामबाट जी–दिया राखेका छन् । अहिले यो विमानबाट ४ जनाको परिवार विभिन्न ठाउँमा घुम्न जान्छ । उनले अन्य धेरै देशको पनि भ्रमण गरिसकेका छन् ।
अशोकसँग पाइलटको लाइसेन्स पनि छ । उनले भने- ‘यो घरमा नयाँ खेलौना जस्तै हो।’ अशोककी श्रीमती अभिलाषाले भनिन्–’अशोकले दुई वर्षदेखि मिहिनेत गरेपछि मात्रै हाम्रो सपना साकार भएको छ ।’

अभिलाषाले भनिन्– ‘हामीले पहिलो लकडाउनमा नै पैसा बचत गर्न थाल्यौं । हामी सधैं चाहन्थ्यौं कि हामीसँग पनि विमान होस्। सुरुका महिनाहरूमा नै हामीले धेरै बचत गरेका थियौं। त्यसपछि हामीले विमान बनाउने काम थाल्यौं ।
अशोकले भने– ‘सन् २०१८ मा जोहानेसबर्गको स्लिंग एयरक्राफ्ट नामको कम्पनीले स्लिङ टीएसआई एयरप्लेन लन्च गरिरहेको जानकारी पाएको थिएँ ।’
त्यसपछि अशोकले विमानको बारेमा जानकारी लिएर किट अर्डर गरे । घरको कम्पाउण्डमा नै काम गर्न थाले । उनले भने– ‘बेलायतका लागि घरेलु विमान नौलो कुरा होइन । किनभने यहाँ कम्पनीहरूले एसेम्बली किटहरू उपलब्ध गराउँछन्।’
लकडाउनमा उनले विमान बनाउन निकै समय पाए । फेब्रुअरी २०२२ मा, उनले आफ्नो परियोजना पूरा गरे र पहिलो यात्राको लागि प्रस्थान गरे। यो सानो विमानको अधिकतम गति २०० किलोमिटर घण्टा छ। विमानको इन्धन ट्याङ्की क्षमता १८० लिटर छ।
अशोकले यही विमानबाट परिवारका साथ बेलायतका धेरै सहरको भ्रमण गरेका छन् । उनी यही विमानबाट साथीहरूसँग जर्मनी, अस्ट्रिया र चेक गणतन्त्र पनि गएका छन् ।







डिसी नेपाल







Facebook Comment