६ वर्षका बालकले बहिनीलाई गोली हानेर मारे, मातापिताले नै बन्दुक चलाउन सिकाएका थिए

डिसी नेपाल
१२ साउन २०७९ १६:३७
300
Shares

काठमाडौं । अमेरिकामा ६ वर्षीय बालकले आफ्नी पाँच वर्षीया बहिनीलाई घरभित्रै गोली हानेका छन् । गोली लागेपछि घाइते बालिकालाई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् । यस मामिलामा उनका अभिभावक पक्राउ परेका छन् ।

अमेरिकाको इण्डियाना राज्यको मुन्सीमा मंगलबार दिउँसो सूचनाका आधारमा प्रहरीले टाउकोमा गोली लागेकी बालिकालाई फेला पारेको डब्लुटीटीभीले जनाएको छ । उनलाई पूर्वी इन्डियानाको आईयू हेल्थ बल मेमोरियल अस्पताल लगियो। उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बालिकाका बुबा, ज्याकब ग्रेसनले प्रहरीलाई बताएअनुसारउनका ६ वर्षीय छोराले सेफबाट दुई लोड गरिएका बन्दुकहरूमध्ये एउटा उठाए र आफ्नी बहिनीलाई गोली हाने।

उप पुलिस प्रमुख मेलिसा क्रिसवेलले भने कि ग्रेसन (२८) र उनकी श्रीमती किम्बर्ली ग्रेसन (२७) लाई बच्चाको बेवास्ता गरेको आरोप लगाइएको छ । जुन बेवास्ताका कारण बालिकाको मृत्यु भयो यसबाहेक बेवास्ताका अन्य ३ आरोप पनि लगाइएको छ ।

बालकले प्रहरीलाई बताएअनुसार उनले आफ्नो आमाबुवाको सुत्ने कोठामा सेफको चाबी भेट्टाए र आमा सुतिरहेको बेला बन्दुक उठाए। आमाबाबुले प्रहरीलाई बताए कि उनीहरूको छोराले पहिले पनि सेफ खोलेका थिए । किम्बर्ली ग्रेसनले भनेअनुसार उनी र उनको पतिले बालकलाई बन्दुक कसरी चलाउने भन्ने सिकाउनको लागि शूटिंग रेन्जमा लगेका थिए।

वकालत समूह एवरटाउन फर गन सेफ्टीले विश्लेषण गरेको तथ्याङ्क अनुसार यस वर्ष अहिलेसम्म अमेरिकामा बालबालिकाले अन्जानमा गोली चलाएका कम्तीमा १५८ घटना भएका छन्, जसमा ६८ जनाको मृत्यु भएको छ भने ९९ जना घाइते भएका छन्।

यस महिनाको सुरुमा, अर्कान्सासको एक घरमा ८ वर्षीय बालकलाई उनको ५ वर्षीय भाइले गोली हानेर मारेका थिए। गत महिना, फ्लोरिडाको एक मोटेलमा ८ वर्षीय बालकले गल्तीले एक वर्षीया बालिकालाई गोली हानेर मारे र एक २ वर्षीय बालकलाई घाइते बनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *