एक हजार ६ सय १० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

डिसी नेपाल
१२ साउन २०७९ २३:१४
92
Shares

काठमाडौं । त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक हजार छ सय १० ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौँ आएका भारतीय नागरिक युसुफ हारोनको गतिविधि शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिइ जाँच गर्दा सो सुन बरामद गरिएको हो । उनले लगाएको भित्री बस्त्रमा प्लाष्टिकभित्र सुनको पोका दुई थान ९तौल १६१० ग्राम अवैधरुपमा भन्सार छली गरी लैजान लागेका अवस्थामा फेला पारिएको विमानस्थल सुरक्षा कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ ।

आवश्यक अनुसन्धान एवं कारवाहीका लागि उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र घर्तीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.