उडेलगत्तै इन्जिनमा खराबी देखिएपछि यतीको विमान पोखरामा आकस्मिक अवतरण

डिसी नेपाल
१३ साउन २०७९ ११:१२
92
Shares

काठमाडौं। यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ। पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो।

उडेको केहीबेरमै विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो।

पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ः५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो। उडेको ६ मिनेटमै विमानलाई अवतरण गराइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *