दक्षिण कोरियामा एक दिनमा ८५ हजार तीन सय २० कोभिड–१९ का नयाँ सङ्क्रमित
सोल। दक्षिण कोरियामा २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातसम्म ८५ हजार तीन २० जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ। यसैसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख पाँच सय १७ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्।
अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड सङ्क्रमण घटेको जनाइएको छ। तर यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ।
नयाँ केसहरू मध्ये, चार सय ३९ जना आयातित रहेको जनाइएको छ। यद्यपी ४३ हजार पाँच सय ३८ जना कोरोना मुक्त भएका छन्।
गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर २३४ पुगेको छ। यस अवधीमा थप ३५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल सङ्ख्या २४ हजार नौ सय ९२ पुगेको छ । कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment