राम्रा कलेज रोज्दै जिपिए ४ ल्याउने विद्यार्थी

डिसी नेपाल
१३ साउन २०७९ २१:४१
400
Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा जिपिए ४ ल्याउने विद्यार्थीहरुले कक्षा ११ मा भर्नाका लागि उत्कृष्ट शिक्षाको वातावण, पर्याप्त खेल मैदान, सुविधा सम्पन्न पूर्वाधार, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला भएका कलेज रोज्न थालेका छन् । उनीहरुले पढाइका अतिरिक्त फुटबल, फुटसल, बास्केटबल, क्रिकेट जस्ता खेलहरुको प्रशिक्षण कलेजमा हुनुपर्ने अपेक्षा राखेका छन् ।

विद्या व्यायम स्कुलबाट जिपिए ४ ल्याउने प्रकृति श्रेष्ठले कलेजको उत्कृष्ट शिक्षाको वातावरणहित पर्याप्त पूर्वाधार र खेलका आयाम भएका कलेजमा पढ्ने आफ्नो धोको पूरा हुने क्रममा रहेको बताइन् । कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा आज भर्ना भएकी श्रेष्ठले स्वदेशमै उत्कृष्ट शिक्षा सम्भव हुने लक्ष्य लिएका कलेजले आफूहरुलाई आकर्षित गरेको बताइन् ।

विसं २०७८ मा जेभियरबाट उत्तीर्ण छात्रछात्रामध्ये ४३ एम बिबिएस र ४६ जनाले इञ्जिनीयरिङ पढाइ सुरु गरिसकेका छन् । बिबिए र कानुन सङ्कायमा जेभियर कलेज कालोपुलका विद्यार्थीले इन्ट्रान्स टप गरेर विश्वभर जेभियरका विद्यार्थी प्रतिस्पर्धा गर्न सक्छन् भनेर देखाएका छ । जेभियर इन्टरनेसनल कलेज २०१९ र २०२१ मा अन्तर्राष्ट्रिय स्कुल अवार्डबाट भारत र दुबईमा पुरस्कृत कलेज हो ।

कक्षा ११ मा दुई हजार विद्यार्थी पढाउन सक्ने कलेजको सामथ्र्य रहेको जेभियर इन्टरनेसनल कलेजका प्रमुख कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले पढाइका अलावा फुटबल, फुटसल, बास्केटबल क्रिकेट जस्ता खेलको प्रशिक्षण कलेजले विद्यार्थीलाई उपलब्ध गराउँदै आएको बताए । नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछाने जेभियर कलेजका ब्रान्ड एम्ब्यासडर हुन् । स्काउट, रेडक्रस र मोडल युनाइटेड नेशन जस्ता कार्यक्रमले विद्यार्थीको रोजाइमा जेभियर पर्न थालेको प्रधानाध्यापक गोपाल भण्डारीले जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.