रेल क्रसिङमा ११ जनाको मृत्यु, रेलले गाडीलाई १ किलोमिटरसम्म घिसार्दै लग्यो
काठमाडौं । बंगलादेशमा रेलको ठक्करबाट ११ जनाको मृत्यु भएको छ । जबकि ६ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा विद्यार्थी र शिक्षक रहेका छन् । यी सबै माइक्रोबसबाट झरना हेरेर फर्किरहेका थिए ।
घटना चट्टोग्रामको मिरसराय उपजिल्लाको हो। घटनाको समयमा रेलवे क्रसिङको गेट खुला थियो, त्यसैले चालकले रेललाई ध्यान दिएनन्। दुर्घटना पछि, ट्रेनले बसलाई एक किलोमिटर टाढासम्म घिसार्यो ।
मृत्यु हुने ९ यात्रुको सनाखत भइसकेको प्रहरीले जनाएको छ । मृत्यु हुने सबै हथहजारी उपजिल्लाको अमन बजार क्षेत्रमा रहेको ‘आर एन्ड जे प्लस’ नामक कोचिङ सेन्टरका विद्यार्थी र शिक्षक थिए । मृत्यु हुनेमा चार शिक्षक जिसान, साजिब, रकिब र रेडवान रहेका छन् । बाँकी ५ जनाको पहिचान हिशाम, आयत, मारुफ, तस्फिर र हसन विद्यार्थी रहेको छ ।
उनीहरु सबै एसएससी र एचएससीको तयारी गरिरहेका थिए । घाइते हुनेमा माइक्रोबसका सहचालक तौकिद इब्न शान, कक्षा ११ का विद्यार्थी मोहम्मद माहिम, तनवीर हसन हृदोय, मोहम्मद इमोन र एसएससी परीक्षार्थी तस्मिर पाबेल र मोहम्मद साइकोट रहेका छन् ।
दिउँसो करिब १२:४५ बजे दुर्घटना भएको हथजरी उपजिल्ला निर्वाही अधिकृत शहिदुल आलमले जानकारी दिए । माइक्रोबस रेलवे क्रसिङबाट गुज्रिरहेको अवस्थामा चट्टोग्राम जाँदै गरेको प्रभाती एक्सप्रेस रेल अगाडिबाट आएको हो । घटनामा बसलाई रेलले ठक्कर दिएको थियो ।

माइक्रोबसमा सवार विद्यार्थी र शिक्षक मिरसरायको खयाछरा झरनाबाट फर्कदै गरेको बताइएको छ । यसअघि दिउँसो रेलवे अधिकारीहरूले घटनाको छानबिन गर्न रेलवेका डिभिजनल ट्रान्सपोर्ट अफिसर (पूर्वी क्षेत्र) अन्सार अलीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए। रेलवे (पूर्वी क्षेत्र)का महाप्रबन्धक जहांगीर हुसेनले घटनाको पुष्टि गरेका छन् । समितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन भनिएको उनले बताए ।
समितिमा अन्य चार सदस्यमा डिभिजनल कार्यकारी इन्जिनियर–१ अब्दुल हमिद, डिभिजनल मेकानिकल इन्जिनियर जाहिद हसन, रेलवे सुरक्षा बलका कमाण्डेन्ट रेजानुर रहमान र डिभिजनल मेडिकल अफिसर अनवर हुसेन रहेका छन् ।
रेलवे गेटम्यान सद्दाम हुसेनलाई शुक्रबार साँझ करिब ६ बजे रेलवे प्रहरीले पक्राउ गरेको मिरसराय रेलवे प्रहरी चौकीका प्रमुख ओसी नाजिम उद्दीनले जानकारी दिए । मिरसराई दमकलले घटनास्थलमा गएर शवलाई नियन्त्रणमा लिएको थियो ।
माइक्रोबसमा सवार अन्य तीन जना यात्रुको उद्धार गरिएको छ । उनलाई चट्टोग्राम मेडिकल कलेज अस्पताल पठाइएको छ । खयाछरा झरना देखेर फर्कने क्रममा ढाकातर्फ जाँदै गरेको प्रोभाती एक्सप्रेसले माइक्रोबसलाई ठक्कर दिँदा उनीहरुलाई करिब एक किलोमिटरसम्म तानेको प्रत्यक्षदर्शीले बताए ।







डिसी नेपाल







Facebook Comment