कृषि विकास बैंकको खुद नाफा २ अर्ब ६९ करोड

डिसी नेपाल
१९ साउन २०७९ १०:३५

काठमाडौँ। कृषि विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफामा गिरावट आएको छ।  अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले यो वर्ष २३.७४ प्रतिशतले घटेर २ अर्ब ६९ करोड रुपैयाँमा सिमित भएको छ। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९० करोड रुपैयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी १३.३ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा १८.२५ प्रतिशतले घटेको छ। समिक्षा अवधिमा बैंकले  ७ अर्ब ७७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो। यता सञ्चालन नाफा ५ अर्ब ३ करोड रुपैयाँबाट घटेर ४ अर्ब ११ करोड रुपैयाँमा झरेको छ।

समिक्षा अवधिमा बैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। यो चौथो त्रैमाससम्ममा आउँदा बैंकको चुक्तापुँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। भने, रिजर्भको आकार १.८ प्रतिशतले घटेर ११ अर्ब २२ करोड रुपैयाँमा खुम्चिएको छ।

बैंकको खुद नाफा घटेसंगै प्रति सेयर आम्दानीमा पनि गिरावट आएको छ।  बैंकको प्रति सेयर आम्दानी ६ रुपैयाँ ३५ पैसाले घटेर १७.९३ रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको यहि अवधिमा बैंकको प्रति सेयर आम्दानी २४ रुपैयाँ २८ पैसा रहेको थियो। बैंकको प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ २५ पैसा रहेको विवरणमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *