ओलीलाई एक्ल्याउने रणनीतिमा दिल्ली, के-के छ तयारी ?

डिसी नेपाल
१९ साउन २०७९ १०:२९

काठमाडौं। सरकारले आगामी संसद र प्रदेश सभाको निर्वाचनको घोषणा गर्ने तयारीसंगै मुलुकको राजनीतिक समीकरणको अवस्थामा समेत थप परिवर्तन हुने भएको छ। निर्वाचन घोषणापछि बन्ने नयां राजनीतिक समीकरणले नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली एक्लो बनाइने भएका छन्।

संभवत निर्वाचनको मिति घोषणा गरेपछि लगत्तै नेपाली कांग्रेसका पूर्व नेता महन्थ ठाकुर नेतृत्वको तराइ मधेशको अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी वर्तमान सरकारमा सामेल हुनेछ।

घटीमा दुई र बढीमा तीन मन्त्री पद दिएर सो दललाई सरकारमा सामेल गराउन प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भइसकेका छन्।

ठाकुरको दललाई सत्ताको बाटो खोलिदिन संसदमा छलफल भएर संसदीय समितिले पारित गरी सदनको बैठकमा प्रस्तुत गर्नका लागि पठाइसकिएको नागरिकता विधेयकलाई देउवा सरकारले फिर्ता लिएर संसदीय समितिले पारित गरेका प्रावधान हटाई अर्को नागरिकता विधेयक पेश गरेर पनि संसदबाट पास गराइएको छ।

ठाकुरको मुख्य माग पूरा गरिदिएर उनलाई सत्तामा सहभागी गराई ओलीसँगको मधेशको सहकार्य भत्काउने रणनीति सत्ता गठबन्धनले बनाएको छ।  नागरिकता विधेयकमा परिवर्तन र सत्ता गठबन्धन दह्रो बनाउने पछिल्लो रणनीति माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु देउवाको भारत भ्रमणपछि सतहमा आएको हो।

ठाकुरको मुख्य माग पूरा गरिदिएर उनलाई सत्तामा सहभागी गराई ओलीसँगको मधेशको सहकार्य भत्काउने रणनीति सत्ता गठबन्धनले बनाएको छ।

नागरिकता विधेयकमा परिवर्तन र सत्ता गठबन्धन दह्रो बनाउने पछिल्लो रणनीति माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु देउवाको भारत भ्रमणपछि सतहमा आएको हो।

स्रोतका अनुसार, दुबैजनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्टिय सुरक्षा सल्लाहकार अजित डोभालसँग विशेष कुराकानी गरेका थिए। सो क्रममा आगामी दिनमा कसरी अघि बढ्ने र भारतले कसरी साथ दिन सक्छ भन्नेबारे विस्तृतमा छलफल भएको थियो।

जसअनुसार, एमाले र केपी ओलीलाई एक्ल्याएर अरु सबैलाई कसरी समेट्न सकिन्छ त्यसतर्फ नेपालको राजनीतिलाई अघि बढाउने र त्यसका लागि भारतले साथ सहयोग गर्ने कुरामा डोभालसँग सहमति भएको छ।

केही अघिसम्म केपी ओलीलाई साथ दिँदै आएको लोसपा देउवा सरकारमा समेल हुन तयार हुनुमात्र होइन, चुनावमा पनि सत्ता गठबन्धनसँगै सहकार्य गरी अघि बढ्न सहमत हुनेछ। यसले मधेशमा सम्भावित एमालेसँगको गठबन्धनलाई असम्भव बनाइदिने र मधेशवाट ओली तथा एमाले बढारिने तर्क गरिएको छ।

त्यसैगरी साना वामपन्थी दलहरुका बीचमा पनि प्रचण्डकै अगुवाइ र नेतृत्वमा मोर्चा बनाउने र सो मोर्चालाई पनि एमाले र त्यसका अध्यक्ष ओलीका विपक्षमा भरपुर प्रयोग गर्ने अर्को रणनीतिमा दिल्ली दौडाहाका क्रममा बनेको छ।

यसको छनक पाएका एमाले अध्यक्ष ओलीले केही दिनअघि राजधानीमा आयोजित एउटा कार्यक्रममा कालापानी, लिम्पियाधुराको भूमि समेटेर चुच्चे नक्सा जारी गरेपछि आफ्नो सरकार गिराउने षड्यन्त्र गरिएको र आफूलाई सत्ताच्यूत गराइएको कुरा बताएका थिए।

सत्ताको नेतृत्व गरेका बेला ओलीले भारतविरोधी प्रधानमन्त्रीको छवि बनाएका थिए शुरु शुरुमा। यही मेसोमा उनले चीनसँग पारवाहन सन्धीसमेत गरिदिए भारतको असन्तुष्टि हुँदा हुँदै।

प्रचण्ड र आरजुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्टिय सुरक्षा सल्लाहकार अजित डोभालसँग विशेष कुराकानी गरेका थिए। सो क्रममा आगामी दिनमा कसरी अघि बढ्ने र भारतले कसरी साथ दिन सक्छ भन्नेबारे विस्तृतमा छलफल भएको थियो।

भारतसँगको सम्बन्धमा कटुता आएकै अवस्थामा रअका प्रमुख सामन्त गोयललाई ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गोप्य आमन्त्रण गरी स्वागत गरे। यो प्रकरणपछि ओलीको राजनीति फेरियो र भारतको रबैया पनि।

ओलीलाई सत्ताबाट हटाउन अनेक प्रयत्न गरिरहेको भारतले ओलीलाई नै प्रयोग गरेर सत्ताबाट हट्ने वातावरण बनायो र ओली राजको अन्त्य भयो। अव फेरि ओली राज नआओस् भन्ने कुरामा भारत थप सचेत गएको एक मधेशवादी दलका नेताले डिसी नेपाललाई बताए।

यसका लागि ओलीलाई एक्ल्याउने र आगामी चुनावमा ओलीवाहेकको मोर्चावन्दी गरी ओली र उनको दललाई न्यूनतम सिटमा झार्ने नयां रणनीतिअनुसार केही सातादेखि नेपालको राजनीति तात्न थालेको छ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *