चीनले ताइवानलाई घेरा हालेर सैन्य कारबाही सुरु गर्‍यो

डिसी नेपाल
१९ साउन २०७९ ११:४०
18.2k
Shares

काठमाडौं । चीनले ताइवान वरिपरि ‘सैन्य अभियान’ सुरु गरेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीटमा लेखेका छन्, ‘पीएलएले ताइवान वरपर संयुक्त सैन्य कारबाही सुरु गरेको छ। चीनले दृढताका साथ आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्दछ।”

यसैबीच, समाचार एजेन्सी एएफपीका अनुसार ताइवानले २७ चिनियाँ लडाकु विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको जनाएको छ। ताइवानले यी विमानहरूलाई चेतावनी दिन आफ्ना लडाकु विमानहरू उडाउनुपरेको बताएको छ।

यसपछि जी–७ देशको समूहले चीनको आक्रामक सैन्य अभ्यास कतैबाट पनि जायज नभएको बताएको छ । न्यान्सी पेलोसी मंगलबार राति ताइवान आइपुगे र बुधबार प्रस्थान गरेकी थिइन्।

चीनले यो भ्रमणको विरोध गर्दै अमेरिकालाई लगातार धम्की दिइरहेको थियो । पेलोसी र उनको प्रतिनिधिमण्डलले बुधबार ताइवानका राष्ट्रपति साई इङ-वेनसँग पनि भेट गरे।

यस प्रतिनिधिमण्डलमा पेलोसी बाहेक अमेरिकी कंग्रेसका अन्य पाँच सदस्य थिए । यसबाहेक उनले सामाजिक कार्यकर्तासँग पनि भेट गरेकी छन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *