आर्सनलको विजयी सुरुवात
काठमाडौँ। इंग्लिस प्रिमियर लिगमा आर्सनलले विजयी सुरुवात गरेको छ।
शुक्रबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० ले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो। भ्रमणकारी टोली आर्सनलको जितमा ग्याब्रिएल मार्टिनेलीले एक गोल गरे । यस्तै, घरेलु टोलीका मार्क गुएहिले आत्माघाती गोल गरेका थिए।
जितसँगै आर्सनलले पहिलो खेलमा तीन अंक जोडेको छ। यसपटक युरोपका चर्चित खेलाडी अनुबन्ध गर्दै आर्सनलले उपाधी दाबेदार प्रस्तुत गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment