मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित

डिसी नेपाल
२२ साउन २०७९ ६:३०

काठमाडौं। स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ।

पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५-० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरे । यस्तै, अचरफ हाकिमी र कप्तान मार्किन्होसले एक एक गोल गरे।

खेलमा पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल भएको थियो। जितसँगै साविक विजेता पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *