टोटहहम र चेल्सीको सुखद सुरुवात

डिसी नेपाल
२२ साउन २०७९ ७:००

काठमाडौं। इंग्लिस प्रिमियर लिग २०२२/२३ को सिजन शनिबार राति भएको खेलमा टोटनहम र चेल्सीले सुखद् सुरुवात गरेका छन्। टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टिमले साउथह्याम्पटनलाई ४-१ ले पराजित गर्‍यो।

टोटनहमको जितमा र्यान सेसेग्नन, एरिक डायर र डेजन कुलुसेभिस्कीले एक-एक गोल गर्दा टिमले एक गोल भने साउथह्याम्पटनका मोहम्मेद सलिसुबाट आत्मघाती उपहार पाएको थियो।

खेलमा अग्रता भने साउथह्याम्पटनले बनाएको थियो। १२औं मिनेटमा जे वार्ड प्रोसेले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए। तर, यो अग्रता धेरैबेर टिक्न भने सकेन।

२१औं मिनेटमा सेसेग्ननले गोल गर्दै टोटनहमलाई खेलमा फर्काएका थिए। यस्तै, ३१औं मिनेटमा डायरले दोस्रो गोल गर्दा टोटनहमले ६१औं मिनेटमा सलिसुबाट आत्मघाती गोल उपहार पाएको थियो। त्यसको दुई मिनेटछि कुलुसेभिस्कीले चौथो गोल गरेपछि टोटनहमले सहज जित निश्चित गर्‍यो।

यस्तै , शनिबार भएको खेलमा चेल्सीले महत्त्वपूर्ण तीन अंक जोड्ने क्रममा एभर्टनलाई १-० अन्तरले पराजित गर्‍याे। चेल्सीको जितमा जर्जिन्होले खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमा गोल गरे।

शनिबारै भएको अन्य खेलमा बर्नमाउथले एस्टन भिल्लालाई २-० ले, लिड्सले वुल्भ्सलाई २-१ ले र न्युकासल युनाइटेडले नटिङ्घम फरेस्टलाई २-० ले पराजित गर्‍यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *