आई लिग छनोट खेल्न दीपा न्यौपाने भारत प्रस्थान
काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपाने भारतीय आई लिग छनोट खेल्न त्यसतर्फ प्रस्थान गरेकी छन्।
भारतीय आई लिग छनोटका लागि दिपा केरला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीमा अनुबन्धित भएकी थिइन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले बिदाइ गर्याे।
सोही प्रतियोगिताका लागि शनिबार नै राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी भारत पुगिसकेकी छिन्। उनले भारतको गोकुलम केरलाबाट खेल्नेछिन्। उक्त प्रतियोगितामा सावित्राको टिम गोकुलम, दिपाको टिम डनबोस्को केरला ब्लास्टर र केरला युनाइटेडले छनोटका लागि प्रतिस्पर्धा गर्नेछन्।
सावित्राले यसअघि सन् २०१९ मा सेथु र २०२१-२२ मा गोकुलमबाट ‘इन्डियन वुमेन्स लिग’ खेलेर उपाधि जिताइसकेकी छन्। दीपाले पहिलोपटक अन्तर्राष्ट्रिय लिग खेल्न लागेकी हुन्। आजबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरला र केरला युनाइटेड तथा बिहीबार डन बोस्कोले लड्स पीआरविरुद्ध प्रतिस्पर्धा गर्दैछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment