इतिहास संरक्षण अभियान : जोरसालमा हाट (फाेटाेफिचर)

डिसी नेपाल
२७ साउन २०७९ १०:४६

पाँचथर। सदरमुकाम फिदिम(४, जोरसालमा ३३ वर्षंअघि बन्द भएको औशी र पूर्णिमा हाट लागेको छ।

स्थानीयहरुको बेमेलकै कारण पाक्षिक हाट बन्द भएको थियो। सदरमुकाम फिदिम बजारबाट २ किलोमिटरमात्र पश्चिममा रहेको जोरसाल बजार ऐतिहासिक हो। यो तेह्रथुमको आठराई ९तत्कालीन १२ गाउँपञ्चायत० क्षेत्र, ताप्लेजुङको सबै क्षेत्र र पाँचथरको दक्षिण पश्चिम क्षेत्रको मुख्य व्यापारिक केन्द्र थियो।

जोरसालमा सक्रिय देउराली युवा समूहको अगुवाईमा पाक्षिक हाट सुरु भएको हो। समूहका सचिव श्रीप्रसाद सुवेदीका अनुसार हाटको उद्घाटनमा नेवारी संस्कृति लाखेनाच, स्थानीय लोकभाकादेखि सांस्कृतिक झाँकीसमेत प्रदर्शनी गरिएके थियो।

फिदिम नगरपालिका, उद्योग वाणिज्य संघ, फिदिम नगरको वडा ४ समेतको केही आर्थिक सहयोगमा हाट पुनः सञ्चालन भएको हो। सचिव सुवेदीका अनुसार अब सुरु हुने हाट नियमित चलाउन युवा समूहले समन्वयकारी भूमिका खेल्ने सर्वपक्षीय सहमति भैसकेको छ।

सडक सञ्जालले २०३८ ताका पाँचथरलाइ जोडेपछि बिस्तारै जोरसालको चाममा ह्रास हुँदै आयो। हालै निर्वाचित वडाका जनप्रतिनिधिहरुको अगुवाईमा पुनः पाक्षिक हाट सुरु गर्ने तयारी भएको र यसमा स्थानीयको बलियो साथ रहेको वडा ४ का वडा सदस्य हेमप्रकाश सुवेदी बताउँछन्।

यसमा मुख्यतः वडा ४ का वडा अध्यक्ष उपेन्द्र लावती, वडासदस्यहरु हेमप्रकाश सुवेदी र शारदा पोख्रेल आङदेम्बेले पहल गरेको युवा समूहका सदस्यहरुको बुझाइ छ।

हालै इतिहासमा अंकित भएको पाक्षिक हाट पुनः सुृरु गर्न भन्दै वडाबासीको भेला नै आयोजना भएको थियो। भेलाले आगामी साउन २७ गतेबाट पाक्षिक हाट लगाउने निर्णय गरेपछि हाटलाई दीगो रुपमा लाउन सबै पक्ष सक्रिय भएर लागिपरको समूहका सदस्य राम श्रेष्ठले डिसी नेपाललाई बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *