अध्यापन अनुमतिको परीक्षाको भिडियो सार्वजनिक गर्नेलाई दुई वर्ष परीक्षामा सहभागी हुन रोक

डिसी नेपाल
३० साउन २०७९ १८:५१

काठमाडौं । परीक्षार्थीले प्रश्नपत्रको र उत्तरपुस्तिकाको भिडियो बनाइ सामाजिक सञ्जालमा राखेपछि उनको परीक्षा रद्ध गरिएको छ ।

शिक्षा सेवा आयोगले एक सूचना जारी गर्दै साउन २८ गते सञ्चालन भएको निमावि तहको अध्यापन अनुमतिपत्रको परीक्षामा सुदूरपश्चिम प्रदेश अन्तरगत कैलाली जिल्लाको केन्द्र नम्बर ७११ त्रिभुवन मावि ख केन्द्रका परीक्षार्थी विनोद कुमार बम्मको परीक्षा रद्ध गरेको जानकारी दिएको छ ।

उनलाई आगामी दुई वर्षसम्म आयोगबाट सञ्चालन गरिने अध्यापन अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको सूचनामा जनाइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *