एम्बुलेन्सबाट ९० केजी गाँजा बरामद, चालक पक्राउ

डिसी नेपाल
३१ साउन २०७९ १३:०३
240
Shares

सिरहा। प्रहरीले सिरहाबाट अवैध लागुऔषध गाजासहित १ जनालाई पक्राउ गरेको छ।  प्रहरीले लहान नगरपालिका–१ स्थित सडकबाट करिब ९० केजी गाँजासहित धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामालाई पक्राउ गरेको हो।

को.१ च ७५७७ नम्बरको एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्सको पछाडी बिरामी राख्ने स्थानमा उक्त परिमाणको गाँजा भेटिएको प्रहरीले जनाएको छ।

त्यसपछि एम्बुलेन्स चालक लामालाई प्रहरीले पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *