विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ
काठमाडौँ। काठमाडौं र चितवनबाट जुवातास खेलिरहेको अवस्थामा २८ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २६ वर्षीय निमा शेर्पाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६० हजार १५० रुपैयाँ सहित पक्राउ गरेको हो।
यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका–२ सानोभ¥याङबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
धनकुटा घर भएकी ५१ वर्षीया शुशिला लिम्बुको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख १५ हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
चितवनको भरतपुर महानगरपालिका–२२ कुमिया घोल बस्ने ४५ वर्षीय बिष्णु राज महतोको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४२ हजार ५ सय रुपैयाँ र १५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।







डिसी नेपाल








Facebook Comment