रवि लामिछानेको पार्टीले प्रदेश चुनाव नलड्ने

डिसी नेपाल
१ भदौ २०७९ १०:१०
2.0k
Shares

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरमा भएकोमध्ये प्रदेशसभा निर्वाचनमा भाग नलिने भएको भएको छ। ४ मंसिरमा भएको निर्वाचनमध्ये संघीय चुनावमा मात्र पार्टीले भाग लिने अध्यक्ष लामिछानेले बताएका छन्।

भिडियो सन्देश जारी गर्दै लामिछानेले भनेका छन्, ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ। यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ।’

उनले यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको उनले बताएका छन्। ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं,’ उनले भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *