आजबाट सिंहदरबारमा ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध
काठमाडौं। सरकारले बुधबार (१ भदौ) देखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध लगाएको छ। अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबारभित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेका थिए।
सो घोषणाअनुसार साउन मसान्तभित्र सिंहदरबारभित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य विद्युतीय चुलो जडान गरिसक्नुपर्ने थियो।
बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ । गेटमा रहने सुरक्षाकर्मीलाई ग्यास सिलिन्डर छिर्न नदिन गृह मन्त्रालयले आदेश छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment