बालेन र हर्क सम्पाङबीच फेसबुकमा ‘दोहोरी’, सम्पाङ आक्रामक

डिसी नेपाल
१ भदौ २०७९ २२:२०
41.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच फेसबुकमा फोहोरको विषयलाई लिएर दोहोरो घोचपेच भएको छ।

धरानका मेयर सम्पाङले सामाजिक सञ्जालमा काठमाडौंलाई लक्षित गर्दै स्टाटस लेखेपछि काठमाडौंका मेयर शाहले जवाफ फर्काएका छन्।

सम्पाङले फेसबुकमा लेखेका छन्, ‘जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ! कम्से कम काम त शुरु गरे!’ उनको स्टाटसमा बालेनले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘हो नि..तपाईँकै लौरो चुनाव चिह्न लिएर त मैले चुनाव पनि त जितेको हो नि!’

बालेनलाई लक्षीत गर्दै सम्पाङ आका्रमक स्टाटस पनि लेखेका छन् । उनीहरुको यो घोचपेचलाई हजारौं सर्वसाधारणले समेत प्रतिक्रिया दिएका छन् भने कतिले व्याङ्ग्य समेत हानेका छन् ।

केहीदिन अघि काठमाडौं आएका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोर देखेर श्रमदान गर्न मन लाग्यो भनेका थिए उनी यतिबेला धरान फर्किसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *