नर्कको ढोकाको रहस्य खुल्यो, सरकार समेत चिन्तित
काठमाडौं । चिलीको राजधानी स्यान्टियागो नजिकै एउटा रहस्यमय खाडल बनेपछि सारा विश्वको नजर यसमाथि परेको थियो । यो खाडललाई पनि नर्कको ढोका भनिएको थियो तर जब अनुसन्धान सुरु भयो, कुरा अर्कै खुल्यो ।
प्रारम्भिक अनुसन्धानका आधारमा यो खाल्डो अरु कुनै कारणले नभई सो क्षेत्रमा बढी उत्खननका कारण भएको बताइएको छ । तर, यो अत्यधिक उत्खननका कारण मात्र भएको हो भन्ने पूर्ण रूपमा दाबी गरिएको छैन। हाल उक्त खाल्डोबारे थप अनुसन्धान भइरहेको छ ।
चिलीको टिएरा अमरिला सहर नजिक रहेको यो विशाल क्रेटरले सबैलाई चकित पारेको छ । पहिले खाडलको गहिराई कम थियो तर बिस्तारै गहिरो हुँदै गयो र यसको गहिराई २०० मिटर पुग्यो । अर्थात् उक्त खाडल यति गहिरो छ कि त्यस भित्र १९८ मिटरको स्ट्याचु अफ युनिटी पनि राख्न सकिन्छ ।
चिली विश्वको सबैभन्दा ठूलो तामा उत्पादन गर्ने देश हो र विशेष कुरा यो हो कि यस खाडल नजिकैको सहरलाई चिलीको खानी केन्द्र भनिन्छ र त्यहाँ धेरै विदेशी कम्पनीहरू पनि काम गरिरहेका छन्।
चिलीमा यस्तो रहस्यमय क्रेटर फेला परेपछि यसको पछाडिको कारण पत्ता लगाउन थालिएको छ । यो खाडलको रहस्य थाहा पाउन राष्ट्रिय भूगर्भ तथा खानी सेवाले टोली पठाएर अनुसन्धान सुरु गरेको थियो । सो क्रममा टोलीले यस क्षेत्रमा क्यानडाको एक कम्पनीले अत्यधिक उत्खनन गरिरहेको थाहा पायो, जसका कारण पानीको बहाव धेरै हदसम्म बढेको र त्यसलाई नियन्त्रणसमेत गरिएन ।
समाचार एजेन्सी रोयटर्सका अनुसार चिलीका खानी मन्त्री मर्केल हर्नान्डोले यो खाडल निर्माणमा जो कोही जिम्मेवार भए कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । अर्कोतर्फ क्यानडाको कम्पनीले यस विषयमा विज्ञप्ति जारी गरेको छ । यो खाल्डोले कुनै कर्मचारी, उपकरण वा पूर्वाधारमा कुनै असर नपर्ने कम्पनीको तर्फबाट भनिएको थियो । साथै कम्पनीले खाडल फेला परेदेखि हालसम्म स्थिर रहेको बताएको थियो ।
चिलीमा यो खाडल बनेको क्षेत्रलाई अल्कापारोसा खानी भनिन्छ। यहाँ खानीको काम क्यानडाको लण्डन माइनिङ कम्पनीले गरिरहेको छ । यस क्षेत्रको ८० प्रतिशत जग्गा कम्पनीको स्वामित्वमा छ भने बाँकी २० प्रतिशत जापानी खानी कम्पनीको हातमा छ ।
यो रहस्यमय खाडलले चिली सरकारको चिन्ता पनि बढाएको छ । जसका कारण हाल अल्कापारोसा खानीको काम रोकिएको छ । खाडलका कारण भविष्यमा कुनै किसिमको समस्या नहोस् भन्ने सरकारलाई डर छ । तर, जहाँ यो खाडल बनेको छ, त्यो धेरै जनसङ्ख्या भएको क्षेत्र होइन, तर खाडलबाट नजिकैको घरको दूरी ६०० मिटर मात्र छ।







डिसी नेपाल







Facebook Comment