फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनको मदिरा पिएर पार्टी गरेको भिडियो भाइरल भएपछि बबाल

डिसी नेपाल
३ भदौ २०७९ १०:५९
336
Shares

काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले निकै आलोचना खेप्नु परेको छ । वास्तवमा उनको एउटा भिडियो लीक भएको छ, जसमा मानिसहरुले धेरै खालका कमेन्ट गरिरहेका छन् ।

सन्नाको यो भिडियो एउटा पार्टीको हो । यो भिडियो सामाजिक सञ्जालबाट लिइएको मानिन्छ । उक्त फुटेजमा उनी आफ्ना साथीहरु र फिनल्याण्डका केही सेलिब्रेटीहरुसँग डान्स गरिरहेको देखिन्छ ।

यो भिडियोलाई लिएर विपक्षी दलहरुले उनीमाथि हमला गरेका छन् । विपक्षी दलका एक नेताले उनको लागूऔषध परीक्षणको माग समेत गरेका छन् ।

तर, ३६ वर्षीया सन्ना मरिनले पार्टीमा लागुऔषध सेवन गरेको आशंकालाई अस्वीकार गरेकी छन् । उनले आफूले मदिरा सेवन गरेको र आफू अनौपचारिक रुपमा पार्टी गरिरहेको बताइन् ।

सन्ना विश्वकै कान्छी प्रधानमन्त्री हुन् । यद्यपि उनले पार्टीको कुरा कहिल्यै लुकाइनन् र उनी प्रायः पार्टी वा संगीत कन्सर्टमा भाग लिएको तस्बिरहरू पोस्ट गर्छिन्।

गत हप्ता मात्रै जर्मनीको एउटा समाचारपत्रले उनलाई ‘विश्वकै उत्कृष्ट प्रधानमन्त्री’को उपाधि दिएको थियो ।

यस भिडियोमा प्रतिक्रिया दिँदै उनले बिहीबार आफ्नो भिडियो बनिरहेको थाहा पाएको बताइन् । तर उनको यो भिडियो सार्वजनिक भएपछि उनी दुखी छिन् ।

उनले भनिन्, ‘म नाच्दै थिएँ, गाउँदै थिएँ र पार्टी गर्दै थिएँ– जुन कानुनी कुरा हो । मानिसहरूले मैले लागुऔषध सेवन गरेको देखेको अवस्था कहिल्यै भएको छैन।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *