फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले आफूले लागूऔषध सेवन नगरेको प्रमाणित गर्न परीक्षण गराउनुपर्ने

डिसी नेपाल
४ भदौ २०७९ १०:१५
100
Shares

काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले एउटा पार्टीमा नाचगान गरेको भिडियो भाइरल भएपछि लागुऔषध सेवन गरेको आरोप अस्वीकार गरेकी छन् । तर, ‘कुनै शंका हटाउन’ उनको लागूऔषध परीक्षण गरिएको छ ।

सन्ना मरिन देशको प्रधानमन्त्री भएदेखि नै उनको पार्टीको जोशका कारण बारम्बार आलोचना हुने गरेको छ । संगीत समारोहमा भाग लिएको उनको तस्बिर धेरै पटक बाहिर आएको छ। पछिल्लो भाइरल भिडियोमा उनी फिनल्याण्डका पपस्टारसँग नाच्दै थिइन् ।

यद्यपि यसका लागि धेरैले उनको तारिफ पनि गरिरहेका छन् । जर्मन समाचार संस्था बिल्डले उनलाई विश्वकै ‘कुलेस्ट’ प्रधानमन्त्रीको संज्ञा दिएको छ ।

सन्ना मरिनको कार्यकालमा फिनल्याण्डले धेरै चुनौतीको सामना गरेको छ । पहिला कोरोना महामारीका कारण देशले धेरै समस्या झेल्नुपरेको थियो भने युक्रेनमा रुसको आक्रमणले फिनल्याण्डको चुनौती पनि बढाएको छ ।

३६ वर्षीया सन्ना मरिन करिब साढे दुई वर्षअघि फिनल्याण्डकी प्रधानमन्त्री हुँदा उनी विश्वकै कान्छी प्रधानमन्त्री थिइन् । देशको राजनीतिक इतिहासमा उनी प्रधानमन्त्री बन्ने सबैभन्दा कान्छी व्यक्ति हुन् ।

देशको सत्ता आफ्नै हातमा लिन मरिनले केन्द्र र वाम विचारधाराका दलहरूबीच महत्वपूर्ण गठबन्धन बनाएकी थिइन् । यो गठबन्धनमा थप चार जना महिला नेताहरू समावेश छन्, जसमध्ये एकजना मात्रै ३५ वर्षभन्दा माथिकी छिन् ।

सन्ना मारिन एक साधारण परिवारबाट आउँछिन्। मरिन सानै छँदा उनका आमाबाबु अलग भए। छुट्टिएपछि आमाले एक्लै उनको हेरचाह गरिन् । यस्तो अवस्थामा उनले बाल्यकालमा आर्थिक समस्या पनि भोग्नुपरेको थियो ।

सन्ना मरिन आफ्नो परिवारमा हाईस्कूल पास गरेर विश्वविद्यालय जाने पहिलो व्यक्ति हुन्। उनी २० वर्षको उमेरमा राजनीतिमा प्रवेश गरेकी थिइन् ।

त्यसको दुई वर्षपछि मात्रै उनले काउन्सिलरको चुनावमा भाग्य आजमाइन् । यद्यपि उनी पराजित भएकी थिइन् । तर, ५ वर्षपछि उनी काउन्सिलर मात्र भइनन्, सबै सल्लाहकारको नेतृत्व पनि गरिन् ।

एक ब्लगमा उनले १५ वर्षकी हुँदा बेकरीमा काम गरेको बताइन् । पछि पत्रिका वितरणको काम पनि गरिन् ।

उनले आफ्नी आमा एक महिलासँग रिलेशनमा रहेको भन्दै आलोचना पनि भोग्नुपरेको बताइन् । उनी भन्छिन् कि आफ्नी आमाले जहिले पनि आफूले चाहे जस्तो बन्न सक्छु भन्ने विश्वास थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *