अचेत बिरामीसँग नर्सले गरिन् यस्तो हर्कत, जागिर गयो अनि जेल पुगिन्

डिसी नेपाल
४ भदौ २०७९ १२:०७
984
Shares

काठमाडौं । अस्पतालमा भर्ना भएकी एक महिला बिरामीको झण्डै साढे ४ लाख रुपैयाँ एक नर्सले चोरिन् । नर्सले पहिले ८४ वर्षीया महिलाको एटीएम कार्ड चोरिन् र त्यसपछि उनको खाताबाट पैसा निकालेर किनमेल गर्न गइन् । अब यो कुरा बाहिर आएपछि नर्सलाई जागिरबाट हटाइयो । उनलाई जेल सजाय पनि भयो ।

द मिररका अनुसार वृद्ध महिला डिमेन्सियाबाट पीडित थिइन्। उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । यसैबीच ५७ वर्षीया नर्स डोरोथी होवेलले महिलाको एटीएम कार्ड चोरेर उनको खाताबाट ३ हजार पाउण्ड रकम उडाएकी छन् । नर्स डोरोथीले यो काम गर्दा महिला बिरामी अचेत अवस्थामा थिइन् ।

बेलायतकी डोरोथी होवेल रोयल स्टोक अस्पतालमा काम गर्थिन्। नोभेम्बर २०२० मा बिरामीको एटीएम कार्डबाट पैसा चोरेको आरोपमा उनीविरुद्ध कारबाही गरिएको हो। एटीएमबाट पैसा निकालेको भन्दै बिरामीका आफन्तले प्रहरीमा उजुरी गरेका थिए । त्यसपछि प्रहरीले बैंकमा सम्पर्क गरेको थियो ।

महिला अस्पतालमा भर्ना हुँदा र बेहोस अवस्थामा हुँदा उनको एटीएमबाट १२ पटक पैसा निकालिएको अनुसन्धानले देखाएको छ ।

त्यसपछि यो मुद्दा अदालतसम्म पुग्यो । जहाँ सुनुवाइका क्रममा महिला बिरामीको खाताबाट कुल ३ हजार पाउण्डभन्दा बढी निकासी भएको बताइएको थियो । उक्त मुद्दामा अदालतले नर्सलाई १० महिना जेल सजाय सुनाएको थियो भने अस्पतालले नर्सलाई जागिरबाट बर्खास्त गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *