जोर्डनका युवराजले साउदी अरेबियाकी यी सुन्दरीसँग गरे इन्गेजमेन्ट, हेर्नुहोस् तस्विरहरू

डिसी नेपाल
४ भदौ २०७९ १२:२२
1.6k
Shares

काठमाडौं । जोर्डनका राजा अब्दुल्लाह द्वितीय र उनकी पत्नी रानी रानियाका जेठा छोरा विवाह बन्धनमा बाँधिने भएका छन् । जोर्डनको रोयल हाशिमेट अदालतले युवराज हुसेन बिन अब्दुल्लाहको सगाई साउदी निवासी रज्वा खालिद बिन मुसाइद बिन सैफ बिन अब्दुलअजीज अल सैफसँग भएको घोषणा गरेको छ। दुबैको इन्गेजमेन्टको तस्विर आधिकारिक रुपमा सार्वजनिक गरिएको छ ।

इन्गेजमेन्ट समारोह अगस्ट १७ मा रजवा खालिदको बुबाको घर रियादमा भएको थियो । इन्गेजमेन्ट समारोहमा क्राउन प्रिन्स हुसेन (२८) र जोर्डनका राजा अब्दुल्लाह द्वितीय र रानी रानिया सहित रजवाका नजिकका परिवारका सदस्यहरू उपस्थित थिए। शाही अदालतले राजा अब्दुल्लाह द्वितीय र रानी रानियालाई युवराज हुसेन बिन अब्दुल्लाह र रजवा खालिदको सगाईमा बधाई दिँदै सुखी जीवनको कामना गरेको छ ।

उक्त समारोह रियादमा रजवाको बुबाको घरमा भएको थियो, विज्ञप्तिमा भनिएको छ। यस क्रममा शाही राजकुमार हसन बिन तलाल, राजकुमार हसम बिन अब्दुल्लाह द्वितीय, राजकुमार अली बिन अल हुसेन, राजकुमार हसम बिन अल हुसेन, राजकुमार गाजी बिन मोहम्मद, राजकुमार राशिद बिन अल हसन र अल सैफ परिवारका धेरै सदस्यहरू उपस्थित थिए।

रानी रानियाले आफ्नो इन्स्टाग्राम पोस्टमा इन्गेजमेन्टका केही तस्बिर पोस्ट गर्दै भनिन्, ‘मैले कहिल्यै सोचेकी थिइनँ कि म यति धेरै खुसीलाई सम्हाल्न सक्छु । मेरो प्यारो राजकुमार हुसेन र उनको भावी दुलही, रजवालाई बधाई छ। साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले राजा अब्दुल्लाह द्वितीय बिन अल हुसेन र युवराज हुसेनलाई बधाई दिन फोन गरे। उनले जोर्डनका युवराज र उनको भावी दुलहीलाई सुखी जीवनको कामना गरे।

मिडिया रिपोर्टका अनुसार अल सैफको जन्म २८ अप्रिल १९९४ मा रियादमा भएको थियो । उनले साउदी अरबमा स्कुल पढेकी थिइन् । यसपछि उनले न्यूयोर्कको सिराक्यूज विश्वविद्यालयको कलेज अफ आर्किटेक्टमा अध्ययन गरिन् । यसअघि जुलाईमा जोर्डनकी राजकुमारी इमानले जमील अलेक्जेन्डरसँग इन्गेजमेन्ट गरेकी थिइन् । जमील ग्रीक मूलका हुन् र न्यूयोर्कमा वित्तीय क्षेत्रमा कार्यरत छन्।

त्यसबेला रानी रानियाले पनि आफ्नो इन्स्टाग्राम पोस्टमा इमानलाई बधाई दिएकी थिइन् । तिम्रो मुस्कान सँधै मायाको उपहार हो, जसलाई तिमी जन्मेको दिनदेखि नै मैले कदर गरेको छु। म तिमी र जमीललाई माया र खुशीले भरिएको जीवनको कामना गर्दछु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *