गोटाबाया राजापाक्षे ४ दिनपछि श्रीलंका फर्किँदै, राष्ट्रपतिसँग सुरक्षा मागे
काठमाडौं । श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे अर्को साता स्वदेश फर्किन सक्नेछन् । श्रीलंकाको अखबार डेली मिररले गोटाबायाको काकातर्फका भाइलाई उद्धृत गर्दै उनी अगस्ट २४ मा स्वदेश फर्किने बताएको छ। गोटाबाया कोलम्बोबाट सिंगापुर भागे र त्यहाँबाट राष्ट्रपति पदबाट राजीनामा दिएका थिए ।
सन् २००६ देखि २०१५ सम्म रुसमा श्रीलंकाका राजदूत रहेका वीरतुंगाले भने- ‘गोटाबायाले मसँग फोनमा कुरा गरे। म तपाईलाई भन्न सक्छु कि उनी अर्को हप्ता स्वदेश फर्कनेछन्। उनी देश फर्किनुपर्छ । जनताले उनलाई स्वागत गर्नेछन् । तर उनी राजनीतिमा बस्दैनन् । उनीमा महिन्दा राजापाक्षे जस्तो केही छैन । उनी राजनीतिको लागि उपयुक्त व्यक्ति होइनन् ।’
सत्तारुढ दलले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई गोटाबाया राजापाक्षे स्वदेश फर्कने क्रममा सुरक्षा र अन्य सहयोग उपलब्ध गराउन माग गरेको छ । तर, समाचार एजेन्सी रोयटर्सका अनुसार विक्रमासिंघेलाई गोटाबाया फर्कने बारे कुनै खबर छैन।
जुलाई ९ मा राष्ट्रपति निवास र प्रधानमन्त्री निवासमा सर्वसाधारणले कब्जा जमाएका थिए । गोटाबाया सरकारी घरबाट भागेका थिए । जुलाई १३ मा गोटाबाया आफ्नो परिवार संग पहिलो माल्दिभ्स भागे। त्यसपछि सिंगापुर पुगे । सिंगापुरमा २८ दिनको बसाइपछि उनी अगस्ट १२ मा थाइल्याण्ड पुगेका थिए ।
थाइल्याण्ड सरकारले श्रीलंकाका पूर्व राष्ट्रपतिले देश भ्रमणको अनुमति मागेको कुरा पुष्टि गरेको छ । उनलाई अहिले भिजिटिङ भिसा दिइएको छ । ७३ वर्षीय राजापाक्षेलाई मानवीय आधारमा भिजिटिङ भिसा दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।
विशेष कुरा के छ भने थाइल्याण्डको भिसा सशर्त दिइएको छ । विज्ञप्ति अनुसार राजापाक्षेले यहाँ बसेर अर्को देशमा स्थायी शरण लिन प्रयास गर्न सक्छन् तर यहाँबाट श्रीलंकासँग सम्बन्धित कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन पाउने छैनन् ।







डिसी नेपाल







Facebook Comment