प्रदीप गिरिको निधनप्रति संसदले शोक प्रस्ताव पारित गर्यो
काठमाडौं। प्रतिनिधिसभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो।
२०५१ को संसदीय चुनावमा सिरहा-५ बाट निर्वाचित भएका गिरि २०६२÷०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिरहा-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७४ वर्षीय गिरिको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले राखेको गिरिको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। प्रतिनिधिसभाको अर्काे बैठक ७ भदौ मंगलबार १० बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment