रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस नभेटिएपछि सेनाको उद्धार टोली धुन्चे फर्कियो

डिसी नेपाल
१५ भदौ २०८३ १३:१३

रसुवा। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशङ्कामा चलाइएको खोजी कार्य पूरा गरी सैनिक नेतृत्वको उद्धार टोली धुन्चे फर्किएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार सेनाको टोली इन्जिनियर तथा ड्रोन टोलीसहित सुरुङको अन्तिम विन्दुसम्मै पुगेर खोजतलास गर्दा पनि कुनै मानिस फेला नपरेपछि टोली फर्किएको हो।

बाढी र पहिरोपछि सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुन सक्ने आशङ्का गरिएपछि विशेष प्राविधिक क्षमतासहितको सेना, इन्जिनियर र ड्रोन टोली सुरुङभित्र प्रवेश गरेको थियो।

सुरुङको भित्री भागसम्म विस्तृत खोजी गर्दा पनि कुनै मानिस नरहेको पुष्टि भएको छ। सुरुङभित्र मानिस नरहेको निश्चित भएपछि उद्धारमा खटिएको सेनाको टोली रसुवाको सदरमुकाम धुन्चे फर्किएको छ।

बाढी तथा पहिरो प्रभावित अन्य सम्भावित स्थानहरूमा भने सुरक्षा निकायहरूले खोजी एवम् उद्धार कार्यलाई निरन्तर जारी राखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *