‘जनताको साथमा कांग्रेस’ अभियान १० भदौबाट, ७७ जिल्लामा तोकियो केन्द्रीय प्रतिनिधि

डिसी नेपाल
७ भदौ २०७९ १४:४४
288
Shares

काठमाडौं। आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ। कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । तर, मंगलबारसम्म कांग्रेसले सर्कुलर जारी गरेको छैन।

पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो। कांग्रेसले केन्द्रीय सदस्य जितजंग बस्नेतलाई काठमाडौं, अम्बिका बस्नेतलाई भक्तपुर, नानु बास्तोलालाई ललितपुर, शंकर भण्डारीलाई लमजुङ, देवेन्द्रराज कँडेललाई गुल्मी जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ।

केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्यहरूले जिल्लाका वस्तुगत स्थिति र चुनावमा पार्टीको पोजिसनबारे पार्टीलाई रिपोर्टिङ गर्नुपर्ने छ। ‘पार्टीले दिएको जिम्मेवारीअनुसार १० भदौंदेखि काठमाडौंमा कांग्रेसको पोजिसन, कमीकमजोरी, संगठन सुदृढीकरण अभियानमा लाग्नेछु,’ बस्नेतले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.