काठमाडौंका मेयर बालेन शाहबिरुद्ध नाराबाजी

डिसी नेपाल
७ भदौ २०७९ २१:५०
1.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिरुद्ध नाराबाजी भएको छ ।

फुटपाथमा बसेर व्यवसाय गर्दै आएका व्यापारीहरूले काठमाडौं महानगरपालिका मेयर शाह बिरुद्ध नाराबाजी गरेका हुन ।

फुटपाथ व्यवस्थापनको नाममा महानगरले साना व्यापारीको रोजीरोटी खोसेको भन्दै ज्ञापनपत्र बुझाउन गएका ब्यापारीहरुले काठमाडौं महानगरपालिका परिसरमा नाराबाजी गरेका हुन ।

सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने, सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने र महानगरबाट भइरहेको अमानवीय व्यवहार बन्द गर्नुपर्ने तीनवटा माग राखेका छन् ।

महानगरका मेयर शाहबिरुद्ध सम्भवतः पहिलोपटक नाराबाजी भएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *