चितुवाको आक्रमणबाट तनहुँमा एक बालक घाइते

डिसी नेपाल
८ भदौ २०७९ २१:०२
68
Shares

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका-१ उपल्लोफाँटमा एक बालक चितुवाको आकमणमा परी घाइते भएका छन् । घाइते हुनेमा स्थानीय सुवास परियारका तीन वर्षीय छोरा सुलभ रहेका छन् ।

स्थानीयहरूका अनुसार बुधबार साँझ साढे ६ बजे बालक सुलभलाई घरको पिँढीमै चितुवाले आक्रमण गरेको थियो । चितुवाले बालकलाई घरबाट करिब ५० मिटर टाढासम्म पुर्‍याएको प्रहरीले जनाएको छ ।

घाइते बालकको मोती हेल्थ क्लिनिकमा सामान्य उपचार गरी चितवन रिफर गरिएको छ । चितुवाले घाँटी, हात, ढाडमा आक्रमण गरेको र बालकको अवस्था गम्भीर रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.