कमल थापाले गरे बालेन्द्र शाहको प्रशंसा, भने– सबैले सहयोग गरौं

डिसी नेपाल
९ भदौ २०७९ ९:४५
148
Shares

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रशंसा गरेका छन्। काठमाडौं महानगरपालिका भित्र बनेका अवैध घर टहरा भत्काउन शाह सक्रिय भएपछि थापाले उनको प्रशंसा गरेका हुन्।

‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन्द्र शाहको प्रयास प्रशंसनीय छ,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। शाहको कार्यले तत्काल केही असुविधा भएपनि दीर्घकालमा सबैलाई फाइदन हुने उनले बताएका छन्।

‘तत्काल केही असुविधा भएपनि यसको दीर्घकालमा सबैलाई फाइदा हुन्छ। यस कार्यमा सबैले सहयोग गरौं,’ थापाले भनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.