यी हुन् संसारभर एक्लै उड्ने विश्वकै कान्छो पाइलट

डिसी नेपाल
९ भदौ २०७९ १२:४८
316
Shares

न्युयोर्क। एक किशोर पाइलट सानो विमानमा संसारभर एक्लै उडान भर्ने सबैभन्दा कान्छो व्यक्ति बनेर रेकर्ड राखेका छन्। बेलायती मूलका १७ वर्षीय म्याक रदरफोर्ड ५२ देशमा पाँच महिनाको यात्रापछि बुल्गेरियाको सोफियामा अवतरण गरेका थिए।

बेलायतमा जन्मिएर बेल्जियममा हुर्केका म्याकले उडान भर्ने क्रममा सुडानमा बालुवाको आँधीको सामना गरे र बसोबास नभएको प्रशान्त टापुमा रात बिताए । उनकी जेठी बहिनी जारा संसारभर एक्लै उड्ने सबैभन्दा कान्छी महिला बनेकी छिन्। उनले यस वर्षको जनवरीमा आफ्नो यात्रा पूरा गरेकी थिइन्।

एकल उडानको लागि अघिल्लो कीर्तिमान बेलायती पाइलट ट्राभिस लुडलोले बनाएका थिए। गत वर्ष आफ्नो यात्रा पूरा गर्दा उनी १८ वर्ष १५० दिनको उमेरका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *