खडेरीले नदी सुकेपछि ६०० वर्ष पुराना मूर्ति निस्किए, कमल आसनमा बसेका देखिए भगवान !

डिसी नेपाल
९ भदौ २०७९ १४:४३
16.3k
Shares

काठमाडौं । चीनमा ठूलो खडेरी परेको छ । ५० भन्दा बढी नदी सुकिसकेका छन् । कृत्रिम वर्षा गराउने चर्चा पनि छ । यी सबैको बीचमा खडेरीका कारण नदी भित्रबाट ६ सय वर्ष पुराना तीनवटा मूर्ति बाहिरिएका छन् । यी मूर्तिहरू भगवान बुद्धका हुन्।

सरकारी मिडिया सिन्ह्वाको रिपोर्ट अनुसार याङ्त्जे नदी सुक्दै गएको छ। जसका कारण यसअघि डुबेको दक्षिणपश्चिमी सहर चोङकिङको एउटा टापु अहिले पानीबाट बाहिर आएको छ । यससँगै भगवान बुद्धका तीन वटा मुर्ति पनि सार्वजनिक भएको छ ।

यी तीन मूर्तिहरू टापुको शीर्ष चट्टानहरूमा अवस्थित थिए। यस टापुको नाम फोलियाङ हो। यी मूर्तिहरू मिङ र छिङ साम्राज्यको समयमा बनेको बताइन्छ । यी मध्ये एक मूर्तिमा भगवान बुद्ध कमलको आसनमा बसेको देखिन्छ।

चीनको दक्षिणपश्चिमी क्षेत्रमा खडेरीका कारण याङजी नदीको पानीको स्तर तीव्र गतिमा घट्दै गएको छ । जुलाईदेखि, याङ्त्जे बेसिनमा सामान्य भन्दा ४५ प्रतिशत कम वर्षा भएको छ। आधिकारिक पूर्वानुमान अनुसार गर्मी अर्को सातासम्म जारी रहने छ ।

राज्य प्रसारक सीसीटीभीले अगस्ट १९ मा चोङकिङका ३४ जिल्लाबाट जाने ६६ नदीहरू सुकेको रिपोर्ट गरेको थियो। जसका कारण देशमा विद्युत उत्पादन पनि ठप्प भएको छ । किनभने जलविद्युत बाँध पनि सुकिसकेका छन् । जसका कारण धेरै ढुवानी कम्पनीले पनि आफ्नो काम बन्द गर्नु परेको छ ।

चीनमा पछिल्लो ७० दिनदेखि भीषण गर्मीको लहर चलिरहेको छ । त्यसैले अहिले कृत्रिम वर्षा गराउन चिनियाँ अधिकारीलाई दबाब परिरहेको छ । चीनमा पछिल्लो १२ दिनदेखि तापक्रम ४० डिग्री पुग्ने चेतावनी दिइँदै आएको छ र यसका लागि लगातार रेड अलर्ट जारी गरिएको छ ।

एक्सियोससँगको कुराकानीमा मौसमविद् बब हेन्सनले भने– सन् २०२२ को ग्रीष्म ऋतुजस्तो मैले यसअघि कहिल्यै देखेको छैन ।

रिपोर्टका अनुसार सन् २०२१ को तुलनामा यस वर्ष वर्षा ८० प्रतिशतले घटेको छ । जसका कारण जंगलमा आगलागीका घटना बढ्दै गएको अनुमान गरिएको छ । पछिल्लो १० दिनमा मात्रै चोङकिङ र सिचुवानको जंगलमा आगलागीका १९ घटना भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *