तीन वर्षमा अरबौं मानिसहरू तिर्खाले तड्पिनेछन्, यी देशहरूमा हुनेछ खानेपानीको ठूलो संकट
काठमाडौं । पानीको उचित प्रयोगका विषयमामा मानिसमा सधैं लापरवाही रहँदै आएको छ । सामान्य कामका लागि चाहिनेभन्दा पनि बढी पानी खर्च हुन्छ । विश्वस्तरका संघसंस्था र विभिन्न देशका सरकारहरूले पनि पानीको दुरुपयोग रोक्न अभियान चलाएको देखिए पनि पानीको सही र सीमित प्रयोग हुन सकेको छैन । यस्तो अवस्थामा हालै गरिएको एक अध्ययन मानिसलाई तर्साउन पर्याप्त छ ।
नयाँ अध्ययनअनुसार सन् २०४० सम्ममा ४४ देशमा पानीको चरम अभाव हुनेछ र सन् २०२५ सम्ममा विश्वका २ अर्ब ८ करोड मानिसलाई पिउने पानीको अभाव हुनेछ । यससँगै आगामी दुई–तीन दशकमा धेरै जनसंख्या यसबाट प्रभावित हुनेछन् ।
जर्मनीको बोन विश्वविद्यालयको इन्स्टिच्युट अफ इकोनोमिक रिसर्चका प्रोफेसर डा. यानिस मनियाटिस र उनका केही विद्यार्थीहरूले यसबारे अनुसन्धान गरेका थिए। यससँग सम्बन्धित तथ्याङ्कको लामो अध्ययनपछि टोली यो निष्कर्षमा पुगेको हो । पृथ्वीमा रहेको भूमध्यसागरीय देशहरू खडेरीको उच्च जोखिममा रहेको अनुसन्धानकर्ताहरूको विश्वास छ। अहिले युरोप पछिल्लो ५०० वर्षको इतिहासमा सबैभन्दा लामो खडेरीबाट गुज्रिरहेको छ।
सोफिया न्युज एजेन्सीका अनुसार सन् २०२५ सम्ममा विश्वका ४८ देशका २ अर्ब ८ करोड मानिसले खानेपानी पाउने छैनन् भन्ने अध्ययनमा उल्लेख छ । योसँगै सन् २०५० सम्ममा यो संख्या ७ अर्ब पुग्नेछ । अहिले विश्वमा सबैभन्दा बढी पानी अमेरिका र त्यसपछि ग्रीसमा प्रयोग भइरहेको छ । अध्ययनमा भनिएको छ कि अधिकांश पानी सिँचाइका लागि मात्र नभई विभिन्न कामका लागि प्रयोग गरिन्छ।
पानीसम्बन्धी अध्ययनमा देखिएको तथ्याङ्क मानिसका लागि पक्कै पनि डरलाग्दो छ, तर विश्वभर पानीको दुरुपयोगलाई सही ढंगले रोक्ने हो भने भविष्यमा परिस्थिति पनि बदलिन सक्छ । तर, पानी बचाउने अभियान सबैभन्दा पहिले आफ्नो उचित प्रयोगबाट सुरु हुनेछ । त्यसैले पानीलाई कसरी बचाउने भनेर जान्न धेरै महत्त्वपूर्ण छ।
एक व्यक्तिले आफ्नै घरको अधिकांश पानी बर्बाद गर्छ। नियमित हात धुनका लागि पनि पाँच जनाले हात धुने जति पानी प्रयोग गरिन्छ। यद्यपि, यो उदाहरणको लागि मात्र भनिएको हो, तर अक्सर मानिसहरूले आफ्नो घरमा पानी बिना आवश्यकता पनि खर्च गर्छन्, जसको रोकथाम धेरै महत्त्वपूर्ण छ। यसका लागि तपाईंले केही कुरामा ध्यान दिनुपर्छ र बिना कुनै बहाना पानीलाई रोक्नु पर्छ।







डिसी नेपाल







Facebook Comment