आजको मौसम : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना
काठमाडौं। आज देशभरी आंशिकदेखि सामान्य मौसम बदली रहने छ। जल तथा मौसम विज्ञान बिभाग, मौसम पूर्वानुमा शाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुको एक दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातमा भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
महाशाखाले आज तराईका जिल्लामा तापक्रम बढ्ने जनाएको छ। महाशाखाले शुक्रबार विहान एक विज्ञप्ति जारी गर्दै तराईका जिल्लामा बस्नेलाई गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत भनेको छ।
‘तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ। तराईका जिल्लामाहरुमा पछिल्ला दिन वर्षा कम भइरहेको कारण तापक्रम वृद्धि भइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment