झलनाथ खनाल इलाम-१ बाट सिफारिस
फाइल तस्वीर
काठमाडौं। नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन्।
आगमी ४ मंशिरमा हुन गईरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम-२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ।
प्रदेशसभा निर्वाचनका लागि प्रदेश–१ को क र खका लागि जिल्ला अध्यक्ष भक्त केसी, बृहस्पति खतिवडा, सावित्रा गर्तौला, खिनु, लङगुवा, जीतबहादुर राईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ।
यसैगरी, प्रमिला बस्नेत, सोम शर्मा हरि वालालगायतलाई भने क्षेत्र नम्बर–२ क र खका लागि नाम सिफारिस गरिएको नेकपा एसले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment